माङमालुङ चिया बगानको वार्षिक साधारण सभा सम्पन्न

Share :

दमक । माङमालुङ चिया बगान लिमिटेड इलामले झापाको दमकमा २६औं र २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । दमक ८ स्थित कञ्चनजंघा बहुउदेश्यीय सहकारी संस्थाको हलमा बगानले शनिबार २६औं र२७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा वगानका अध्यक्ष किरण मुकारुङ्गले प्रस्तुत आर्थिक वर्ष ०७७/०७८,०७८/०७९को वार्षिक प्रतिवेदन र लेखा समितिको तर्फवाट प्रस्तुत लेखा प्रतिवेदन छलफल पछि संशोधन सहित पारित गरेको सञ्चालक समिति सदस्य देवेन्द्र रेग्मीले बताउनुभयो ।

सभामा कम्पनीको प्रवन्ध पत्र तथा नियमावली समय सापेक्ष संशोधन गर्ने प्रस्ताव पारित गरिएको माङमालुङ्गले जनाएको छ । वार्षिक साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश सभासद होम बहादुर थापाले चिया नगदे वाली भए पनि मुलुककै आर्थिक विकासको ठूलो सम्भावना वोकेको वाली भएको बताउनुभयो ।


पर्यटनसंग जोडेर चियाको उत्पादन बढाउन तीन तहको सरकारले सहयोग गर्नुृ पर्ने थापाले बताउनु भयो । कार्यक्रममा पूर्व प्रदेश सभासद अर्जुन राई,इलामको माडसेबुङ्ग गाउँ पालिका अध्यक्ष हेमन्त राई ,सञ्चालक सदस्य रेग्मी लगायतले चिया बगानको अवस्था सम्भावना र चिया पर्यटनको परियोजना ल्याउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

गत ०५१ साल असार २६ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको यस चिया वगानअर्थोडक्स चिया क्षेत्रमा निजी वगानको रुपमा मुलुककै अग्रस्थानमा रहेको बताइएको छ । यस वगानमा ५सय ५४ जना शेयर सदस्य रहेको सञ्चालक समिति सदस्य केन्द्र प्रसाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय