काठमाडौं । अभिनेता सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सारुकको पार्थिव शरीरमा बुबा सानु ताम्राकारले दागबत्ती दिनुभएको थियो ।
अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह आर्यघाटमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।
सारुकसँग ‘इन्टु मिन्टु लण्डन’मा सहकार्य गरेका को-स्टार धीरज मगरदेखि पाका अभिनेता शिव श्रेष्ठसम्म उनको अन्त्येष्टिमा पुगेका थिए ।