कांग्रेस नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

Share :

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख खापुङ्ले उहाँलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा ९एकिकृत समाजवादी०का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरिएको थियो ।

कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुनुहुन्छ । यसअघिका चारै जना मुख्यमन्त्री कम्युनिष्ट पार्टी थिए ।


गठबन्धन दलहरूसँग प्रदेश सभामा जम्मा ४७ मत छ । यो ९३ सदस्यीय प्रदेशसभाको बहुमत संख्या हो ।

यद्यपि यो संख्यामा सभामुख बाबुराम भण्डारीको पनि गणना माओवादी केन्द्रले गरेको छ । दाबी पेश गर्नेबेलामा दलका नेताहरुले हस्ताक्षर गरे पुग्ने भए पनि विश्वासको मत लिने बेलामा भने सभामुखको भूमिका के हुने भन्ने अन्योल छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय