६ महिना पुग्न नपाउँदै राजनीतिबाट अलग भएको एलिजाको घोषण

Share :

झापा। “समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा” भनेर सामाजिक संजालमा स्टाटस लेख्दै एलिजा गौतमले संक्रिय राजनीति त्याग गरेको घोषणा गर्नुभएको छ ।

२०७९ माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै राजनीतिमा होमीनु भएकी गौतम आधा बर्ष पुग्न नपाउँदै राजनीतिबाट अलग हुनुभएको हो ।

धरान उपमहानगर पुगेर उहाँले समाजसेवामा नै सक्रिय रहने र राजनीतिबाट विश्राम लिने फेसबुक स्टाटसमार्फत घोषणा गर्नुभएको हो ।


उक्त स्टाटसमा गौतमले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित रहेको समेत उल्लेख गर्नुभएको छ।वृक्षरोपण गर्दै धरानका मेयरसंग खिचाएको फोटो समेत गौतमले संजालमा राख्नुभएको छ ।

पत्रकार दुर्गा राज धमला (ऋषि) को पत्नी गौतम प्राईम टाइम टेलिभिजनको प्रबन्ध निर्देशक समेत हुनुहुन्छ ।

एलिजा कलाकारितामा समेत सक्रिय हुनुहुन्छ ।

यस्तो छ गौतमको फेस्बुक स्टाटस :
समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट विदा
[धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु ।सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु । दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।]

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय