अर्जुनधारा मिनी महोत्सवमा आज मेलिना राईले प्रस्तुति दिने

Share :

बिर्तामोड । झापाको अर्जुनधारामा जारी ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’मा आज चर्चित गायिक मेलिना राईको प्रस्तुति रहेको छ ।

स्टेज कार्यक्रमकालागि सर्वाधिक रुचाईएकी गायिका राईले आज प्रस्तुति दिने आयोजक समितिका कोषाध्यक्ष श्याम दनुवारले जानकारी दिनुभयो ।

राईको कसरी कसरी, माया बिरानी, गोजिमा दाम छैन्, तातो गोलि, एक कान दुई कान, टिकटकमा देखेको, कम्बरमाथि पटुकीलगायतका गितहरु चर्चित छन् ।


मेला अवलोकन तथा प्रवेशकालागि एक सय रुपैयाँ मात्र शुल्क राखिएको आयोजकले बताएको छ ।

असार १३ गतेदेखि संचालन भइरहेको महोत्सवमा यसअघि रचना रिमाल, ज्योति मगर लगायतका कलाकारहरुले प्रस्तुती दिएका छन् ।

२७ गतेसम्म गते सम्म चल्ने महोत्सवमा प्रमोद खेरल लगायतका कलाकारहरुको समेत प्रस्तुति रहने छ । छ ।

महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, ड्राइगन रेस, ब्रेक डान्स, मिनि रेल लगायतका मनोरञ्जनातमक खेलहरु समेत संचालन भइरहेको छ ।

नयाँ बजारलाई चलायमान बनाउन र विपद् ब्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले १५ दिने महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।

अर्जुनधारा ८ को नयाँ बजारमा भइरहेको महोत्सवलाई शनिश्चरेको ब्रदर एण्ड सिस्टर जिम हाउसले आयोजना र सयपत्री इन्टरटेन्डमेन्ट प्रालिले व्यवस्थापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
2
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय