एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

Share :

झापा । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार (आज) सार्वजनिक गर्ने भएको छ ।

नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिनुभएको छ ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए ।


परीक्षाफल प्रकाशितको तयारीसँगै बोर्डले नतिजा हेर्नका लागि विभिन्न माध्यम प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

यस्तो छ वोर्डले जारी गरेको सूचना :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय