कोशीमा सरकार गठनमा अन्योलता, दाबी पेस गर्ने म्याद आज सकिँदै

Share :

झापा । कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसिमा आज सकिँदैछ ।

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको छ । विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ ।

सभामुखसहित ४७ प्रदेश सांसदको समर्थनमा सरकारमा दाबी पेस गर्ने तयारी गठबन्धनले गरेको छ । तर, एमाले र राप्रपाले भने सरकार गठनको दाबी पेस गर्दा सभाभुखले हस्ताक्षर गर्न नपाउने बताईरहेका छन् ।


संविधानले नै सभामुखलाई तटस्थ जिम्मेवारी दिएकोले संसदमा भएको कुनैपनि निर्वाचनमा बराबर मत भएको अवस्थामा मात्रै सभामुखले मत हाल्न पाउने उनीहरुको दाबी छ । गठबन्धन दलका शीर्ष नेताहरूको केही दिनअघि बालुवाटारमा बसेको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा अहिले कांग्रेसको नेतृत्वमा ४६ तथा एमालेको नेतृत्वमा ४६ सांसद देखिएका छन् । माओवादीबाट निर्वाचित बाबुराम गौतम अहिले कोशी प्रदेशका सभामुख छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय