एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बिहिबारसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेको थियो ।


एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय