बिर्तामोडमा बृहत प्रादेशिक कवि सम्मेलन सम्पन्न

Share :

झापा । झापाको बिर्तामोडमा बृहत प्रादेशिक कवि सम्मेलन सम्पन्न भएको छ । साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोड १ को आयोजनामा प्रादेशिक कवि सम्मेलन भएको हो । सम्मेलनमा कोशी प्रदेशभरिका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै भारत आसामका साहित्यकारहरुले समेत सम्मेलनमा सहभागिता जनाएका थिए । साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष भगवती ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रा.डा. टंकप्रसाद न्यौपानेले गर्नुभएको थियो ।कार्यक्रममा आसाम नेपाली साहित्य सभाका अध्यक्ष दुर्गा खतिवडाको विशेष आतिथ्य रहेको थियो ।


कार्यक्रममा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, तेह्रथुम, सुनसरी, धनकुटासंगै भारतको आसामलगायत ठाउँका ५० भन्दा बढी कविहरुले कविता वाचन गरेका थिए । सम्मेलनमा समावेशी गीत नृत्य पनि प्रस्तुत गरिएको थियो ।

साहित्यकार गोपिकृष्ण खतिवडाले कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फे, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति हेम अधिकारी, आख्यानकार राजेन्द्र संग्रौलालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद कट्वालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन एलसी श्रेष्ठ र सुनिता तामाङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय