लायन्स क्लब अफ बिर्तामोड सिटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

Share :

प्रकाश बानियाँ, बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आज मंगलबार क्लबले बिर्तामोडको मेघा कम्प्लेक्समा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

लायन्स क्लब अफ बिर्तामोड सिटिका अध्यक्ष लायन दुर्गा प्रसाद थपलियाको अध्यक्षता सम्पन्न कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए ।


क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा एरिया चिफ उर्मिला बिमली खरेल, एरिया को-अडिनेटर डम्बरबहादुर थापा (साजन), रिजन चियर पर्सन घनश्याम चौधरी, जोन चियर पर्सन मनोज बानियाँ, डिस्टिक डिजास्टर चिफ निरज कुमार ओलिलगायत क्लबका सम्पूर्ण पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय