संसदीय समितिको सभापति चयन गर्न ३ दलबीच सहमति

Share :

काठमाडौं । शिर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ ।

मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो भन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताउनुभएको हो ।

उहाँले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताउनुभयो ।


उहाँले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय