बालयौन दुरुपयोग मुद्दामा फरार रहेका राई र लागुऔषध मुद्दामा फरार तामाङ पक्राउ

Share :

बिर्तामोड । बालयौन दुरुपयोग मुद्दामा फरार रहेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.४ बाझोखेत बस्ने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ल अदालतले राईलाई २०७८ मंसिर २ गते ६ महिना कैद र ५ हजार जरिवाना तथा २५ हजार क्षतिपूर्तिको फैसला गरेको थियो । सजाय भोग नगरी फरार रहेका ३२ बर्षीय राईलाई प्रहरीले आईतबार पक्राउ गरेको हो ।

त्यस्तै लागुऔषध मुद्दामा फरार रहेका बुद्धशान्ति गाउँपालिका वडा नं.४ किरात टोल बस्ने सुरेन भनिने सुरेन्द्र तामाङलाई पनि प्रहरीले आईतबार पक्राउ गरेको छ । फरार रहेका २७ बर्षीय तामाङलाई झापा जिल्ला अदालतले २०७७ साल भदौ १७ गते १ बर्ष कैद र ५ हजार जरिवाना तथा ४ हजार क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय