साढे ७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

Share :

झापा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रका डिपोहरु झापाको चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगंज, भलबारी, नेपालगंज र धनगढी मा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसादेखि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १७० रुपैयाँसम्म कायम भएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म मूल्य कायम भएको छ ।

यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा यस्तो निर्णय भएको हो ।


विज्ञप्ति : 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय