उद्धव थापालाई कोशीको मुख्यमन्त्रीमा बनाउने सत्ता गठबन्धनको निर्णय

Share :

काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसलाई नेतृत्व दिने भएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशमा गठबन्धनबाट कांग्रेस ठूलो दल भएकाले कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको बताउनुभयो ।


उहाँले मुख्यमन्त्रीका लागि आवश्यक सांसदहरु खोज्ने जिम्मा पनि कांग्रेसले नै लिनुपर्ने गरी सहमति भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय