“द डान्स युनिभर्स”को उत्कृष्ट १३ मा झापाका राजेश, नृत्य कलाकार संघद्वारा भोटको अपिल

Share :

बिर्तामोड । झापाको कनकाई नगरपालिका स्थित सुरुङगाका राजेश बस्नेत इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले आयोजना गरेको नेपालको सर्वाधिक पुरस्कार राशी भएको नेपाली रियालिटि शो “द डान्स युनिभर्स”को उत्कृष्ट १३ मा पर्न सफल भएका छन् ।

झापाको दमकमा पहिलो फिल्ड अडिशन दिएर काठमाडौं अडिसनका लागि छनोट भएका बस्नेत विभिन्न चरण पार गर्दै अहिले उत्कृष्ट १३ मा पर्न सफल भएका हुन् । १ करोड रुपैयाँ पुरस्कार राशि रहेको “द डान्स युनिभर्स” मा कोसी प्रदेश बाट प्रतिनिधित्व गर्ने राजेश एकमात्रै प्रतिस्पर्धी हुन् ।


प्रतियोगितामा उत्कृष्ट १३ जना प्रतिस्पर्धी छनोट भएसंगै भोटिङ राउण्ड सुरु भएको छ । उनलाई भोटिङ गरेर सुहयोग गर्न झापा जिल्ला नृत्य कलाकार संघले अपिल गरेको छ । राजेस संघको साधारण सदस्य समेत हुन् ।

नृत्य कलाकार केन्द्रका महासचिव तथा झापा जिल्ला नृत्य संघका बरिस्ठ उपाध्यक्ष राज लावतीले नृत्यमा प्रतिभावान कलाकार राजेशलाई जिताउनका लागि आग्रह गर्नुभयो । उहाँले संसार भर रहनुभएका नेपालीहरुसंगै खास गरि झापा र प्रदेशबासीहरुलाई भोटको अपिल गर्नु भएको छ ।

नृत्य क्षेत्रमा कडा मेहनती र अनुशासीत कालाकारको रुपमा चिनिएका राजेशलाई जिताउन झापा जिल्ला र प्रदेशका नृत्यकर्मीहरुबाट अभियान संचालन गर्ने तयारी भएको लावतीले बताउनुभयो । “माई इन्ट्रा एप” डाउनलोड गरेर त्यसभित्र गएर राजेशलाई भोट गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल टेलिभिजन प्लस बाट हरेक शुक्रवार र शनिबार राति ८ः५० बजे प्रसारण हुने डान्स युनिभर्समा प्रत्येक राउण्डमा उत्कृष्ट प्रस्तुति दिएका राजेशले निर्णायक र दर्शकहरुबाट राम्रो प्रशंसा बटुल्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय