फिफा वरियतामा नेपाल एक स्थान खस्कियो

Share :

झापा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनीक गरेको पछिल्लो वरियता अनुसार नेपाल एक स्थान तल झरेको हो । नेपाल पुरुष तर्फको विश्व वरियताको १ सय ७५ औं स्थानमा छ । फिफाले बिहीबार पुरुषतर्फको विश्व वरियता सार्वजनीक गरेको थियो ।

दक्षिण एसियाली देशमा भारत शीर्ष सयभित्र अटाएको छ । माल्दिभ्स १ सय ५४ औं, भुटान १ सय ८४ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान २ सय १ औं, श्रीलंका २ सय ७ औं स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा विश्व विजेता अर्जेन्टिना यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथों, बेल्जियम पाँचौं, क्रोएसिया छैटौं, नेदरल्याण्ड सातौं, इटाली आठौं, पोर्चुगल नवौं र स्पेन दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय