महानिर्देशक खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर, सबै सम्पत्ति जफत गर्न आदेश

Share :

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन महानिर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ।

न्यायाधीशत्रय श्रीकान्त पौडेल, खुसी प्रसाद थारू र शालिग्राम कोइरालाको इजलासले उनलाई दोषी ठहर गरी सजाय सुनाएको हो। खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र ९ करोड १९ लाख ६ सय ३४ रुपैयाँ जरिवाना तोकिएको छ ।

अख्तियारले २०७५ पुस २३ गते खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैंया बिगो कायम गरी मुद्दा दायर गरेको थियो। विशेषले पूर्व कार्यकारी निर्देशक खड्काको नाममा रहेको घर, जग्गा, बैँक मौज्दात र अन्य सम्पत्ति जफत हुने फैसला गरेको छ ।


खड्काले अदालतले पदमा रहँदा कानुनविपरीत कमाएको १८ करोडभन्दा बढी सम्पतिको स्रोत नखुलेकोले त्यसरी अकुत रूपमा सम्पति गैरकानुनी रुपमा आर्जन गरेको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय