शिवसताक्षीमा मनाइयो २० औं राष्ट्रिय धान दिवस

Share :

शिवसताक्षी । झापाको शिवसताक्षीमा २० राष्ट्रिय धान दिवस मनाइएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं.५ स्थित कटुवाल चौकमा जनप्रतिनिधि र स्थानीय बासीले धान सामुहिक धान रोपेर धान दिवस मनाएका हुन् ।

शिवसताक्षी नगरपालका कृषि शाखाद्वारा आयोजित धान दिवसमा संघीय सांसद एलपी साँवा लिम्बु, शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्षहरु विष्णु प्रसाई र सिकिन पाश्वानले सामुहिक धान रोप्नु भएको थियो ।

नेपालले वि. सं. २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय