मुख्यमन्त्रीले विश्वासको मत नपाउँदा कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

Share :

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाउनु भएको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत खसेको थियो भने विपक्षमा ४३ मत खसेको थियो । नेकपा एमाले र राप्रपाले कार्कीको पक्षमा मतदान गरेका थिए भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदले कार्कीको विपक्षमा मतदान गरेका थिए । आजको मतदानमा जसपा समेत गरेर विपक्षी दलका ३ जना सांसद अनुपश्थित रहे । जसपाले बिहिबार नै मतदानमा सहभागी नहुने निर्णय गरेको थियो । यससँगै कोशीमा कार्की नेतृत्वको नेकपा एमालेको सरकार ढलेको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । विश्वासको मतका लागि भने कार्कीले बिहिबारको प्रदेश सभा बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्ताव पेश गरेर त्यसमा छलफल भएपनि मतदान नभई बैठक आज शुक्रबार ११ बजे बस्नेगरी स्थगित गरिएको थियो ।


कार्कीलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्र समर्थन रहेको छ । कोशी प्रदेशमा एमालेका ४०,राप्रपाको ६ सिट रहेको छ । त्यसैगरी विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ४७ जना सांसद चाहिन्छ । कार्की गत पुस २४ मा मुख्यमन्त्री बन्नु भएको थियो । कार्की नेतृत्वको सरकार ढलेपनि अब कसको नेतृत्वमा सरकार बनाउने भन्ने अन्योल भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादीले पनि आ–आफ्नो नेतृत्वमा सरकार बन्नु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय