विश्वासको मत नपाए मध्यावधि चुनाव हुन्छ : मुख्यमन्त्री कार्की

Share :

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन हुजे बताउनु भएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभयो । आफूले नराम्रो काम गरेको भए देखाउन चुनौती दिँदै उहाले राम्रो काम गरेकाले विश्वासको मत दिन आग्रह गर्नुभयो । अन्यथा विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उहाले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिनुभएको थियो ।

आफूलाई विश्वासको मत नदिएर मध्यावधि निर्वाचनमा जान तयार भएको हो भन्दै प्रश्न गर्दै मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताउनुभयो । साथै प्रदेशको नामांकनको विषयमा भएको विवाद समाधानका लागि छलफल सुरु भएको उहाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय