आर्थिक वर्ष २०८०र८१ को बजेट संसदबाट बहुमतले पारित

Share :

काठमाडौं । सरकारको आगामि आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । सभामुख देवराज घिमिरेले प्रस्तावको पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको घोषणा गर्नु भएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस गर्नुभएको थियो । त्यसलाई सभामुख देवराज घिमिरेले संसदमा निर्णयार्थ पेश गर्नुभएको थियो । बजेट पारितसँगै सरकारलाई बजेट कार्यान्वयनको बाटो खुलेको छ । सत्तारुढ दलका सांसदहरुले बजेटको पक्षमा मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य दलहरुले बजेटको बिपक्षमा मतदान गरेका थिए ।


बैठकले विनियोजन विधेयक,२०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी २६ वटा खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

गत जेठ १५ गते अर्थमन्त्री महतले बजेट सार्वजनिक गर्नुभएको थियो । बजेटमाथि संसदमा १६ दिनसम्म छलफल भए पनि कुनै उपलब्धि नभएको भन्दै सांसदहरुले नै असन्तुष्टि जनाईरहेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय