‘अर्जुनधारा मिनी महोत्सव २०८०’ को उद्घाटन

Share :

शनिश्चरे । झापाको अर्जुनधारामा ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ आज एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । अर्जुनधारा ८ को नयाँ बजारमा सुरु भएको महोत्सवलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गर्नुभएको थियो ।

सयपत्री इन्टरटेन्डमेन्ट प्रालि झापाको ब्यवस्थापनमा संचालन हुने महोत्सवलाई शनिश्चरेको ब्रदर एण्ड सिस्टर जिम हाउसले आयोजना गरेको हो ।

आयोजक समितिका अध्यक्ष तुल श्रेष्ठको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिकाका ६, ८ र ११ नम्बर वडाका वडा अध्यक्षहरु हरिषचन्द्र वास्तोला, कुमार उप्रती र खगेन्द्र इङ्नामकाके उपस्थिति रहेको थियो । त्यस्तै अर्जुनधारा उघोग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्गा, उपाध्यक्ष कृष्ण लोहार लगायतका व्यवसायी तथा सररोकारवालाहरुको उपस्थिति रहेको थियो ।


आयाजक समितिका कोषाध्यक्ष श्याम दनुवारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अर्जुनधारा उघोग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्गा, अर्जुनधारा ८ का वडाअध्यक्ष कुमार उप्रेती र प्रमुख अतिथि मेयर गोम्देनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अतिथिहरुले बोल्ने क्रममा बर्खाको समयमा समेत चुनौति मोलेर महोत्सव संचालन गरेर बजारलाई चलायमान बनाउन खोज्नु सकरात्मक रहेको धाराणा राख्नुभएको थियो ।

नयाँ बजारलाई चलायमान बनाउन, बजार ब्यवस्थापन र विपद् ब्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले १५ दिने महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ ।

महोत्सव असार २७ गतेसम्म चल्ने छ । महोत्सव राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले प्रस्तुति दिने बताइएको छ । प्रमोद खरेल, मेलिना राई, ज्योती मगर, एलिना चौहान र रचना रिमाललगायतका राष्ट्रिय कलाकारहरु आउने तय भएको सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका सञ्चालक पर्वत लामाले बताउनुभयो ।

महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, ड्राइगन रेस लगायतका मनोरञ्जनातमक खेलहरु संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय