अर्जुनधारामा सामुहिक जनचेतना मुलक कार्यक्रम

Share :

अर्जुनधारा । लागूऔषध परित्याग गरौं, स्वास्थ्य जीवन रोजौं भन्ने मुल नाराका साथ झापाको अर्जुनधारा नगरपालिका सामुहिक जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

अर्जुनधारा नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्च मेचीनगर–६ काँकरभिट्टाको सहजीकरणमा मंगलबार (आज) सामुहिक जनचेतना मुलक कार्यक्रम गरिएको हो ।

समाजमा रहेका कुप्रथा तथा लागू पदार्थ दुब्र्यसनी अन्त्यका लागि सामुहिक जनचेतना मुलक कार्यक्रम गरिएको नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङले बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि लागू औषध ब्यूरो प्रमुख तथा बरिष्ठ प्रहरी उपरिक्षक गोबिन्द थपलियाले लागु औषधका कारण समाजमा घट्ने घटनाका बिषयमा अवगत गराउंदै लागु औषधबाट युवा पुस्ता टाढा रहनु पर्ने औंल्याउनु भएको थियो ।

सामाजिक बिकास समिति संयोजक कौशीलाल परियारले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारीले राईले गर्नुभएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख अतिथि थपलियालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नगरका वडाध्यक्ष तथा जनप्रतिनिधि, नगरका विभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थी, सामाजिक संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधि, प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय