‘अर्जुनधारा मिनी महोत्सव’ भोलिदेखि सुरु हुँदै, चर्चित कलाकारहरुले प्रस्तुति दिने

Share :

शनिश्चरे । झापाको अर्जुनधारामा ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ आयोजना हुने भएको छ । अर्जुनधारा ८ को नयाँ बजारमा भोलि बुधबार असार १३ गतेदेखि संचालन हुने महोत्सवलाई शनिश्चरेको ब्रदर एण्ड सिस्टर जिम हाउसले आयोजना गरेको हो ।

नयाँ बजारलाई चलायमान बनाउन, बजार ब्यवस्थापन र विपद् ब्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले १५ दिने महोत्सवको आयोजना गरिएको आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका कोषाध्यक्ष श्याम दनुवारले जानकारी दिनुभयो ।

सयपत्री इन्टरटेन्डमेन्ट प्रालि झापाको ब्यवस्थापनमा संचालन हुने महोत्सव २७ गतेसम्म गते सम्म चल्ने छ । महोत्सव राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले प्रस्तुति दिने बताइएको छ ।


महोत्सवमा प्रमोद खरेल, मेलिना राई, ज्योती मगर, एलिना चौहान र रचना रिमाललगायतका राष्ट्रिय कलाकारहरु आउने तय भइसकेको सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका सञ्चालक पर्वत लामाले बताउनुभयो ।

महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, ड्राइगन रेस लगायतका मनोरञ्जनातमक खेलहरु समावेश गरिने बताइएको छ । महोत्सव स्थल प्रवेशकालागि एक सय रुपैयाँ शुल्क तोकिएको छ ।

महोत्सव सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
9
+1
1
+1
4
+1
1
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय