अर्जुनधाराको मंगलश्री क्रसरमा टिप्पर पल्टिदा एक मजदुरको मृत्यू

Share :

बिर्तामोड । झापाको अर्जुनधारा–७ स्थित गडीमा सञ्चालित क्रसरमा टिप्पर पल्टिदा एक मजदुरको घटनास्थलमै मृत्यू भएको छ ।

मंगलश्री क्रसरमा मिक्स गिटी लोड गर्ने क्रममा आज टिपर पल्टिदा ताप्लेजुङ घर भएका अन्दाजी २३ वर्षीय अर्जुन भट्टराईको घटनास्थलमै मृत्यू भएको इप्रका अनारमनीले जनाएको छ । उक्त क्रसरको सञ्चालक मिलन बस्नेत हुन् ।

क्रसर मेसिनबाट टिप्परमा मिक्स गिटी लोड गर्ने क्रममा गिटी सहित भट्टराई थिचिएको प्रहरीको भनाई छ । माथिबाट टिप्पर पल्टियो, टिप्परको गिटि पनि पोखियो – एक प्रहरीले भने, मजदुर टिप्पर र मिक्स गिटीको थिचाईमा परेपछि घटनास्थलमै ज्यान गयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
2
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय