अर्जुनधारामा श्रम अभियान शुरु गर्ने प्रस्ताव

Share :

बिर्तामोड । अर्जुनधारा नगरपालिकाले महिनाको एकदिन श्रम अभियान सञ्चालन गर्ने प्रस्ताव गरेको छ । नगर उप–प्रमुख खड्गमाया पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी दिनुभएको हो ।

आइतबार शुरु भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा श्रम अभियानबारे भने उल्लेख छैन । उप–प्रमुख पराजुलीले यसबर्षको नीति तथा कार्यक्रम छलफलकै क्रममा रहेको हुनाले संसोधनपछि यो बिषय समावेश गर्न सकिने बताउनुभयो ।

उहाँले २०५१ सालमा मनमोहन अधिकारीले पनि “आफ्नो गाउँ आफै बनाउ” भन्ने अभियानको थालनी गरेपछि नै मुलुकमा जनसहभागिताबाट धेरै कामहरु भएको उल्लेख गर्दै महिनाको एक दिन आफनो ठाउँको विकासमा श्रमदान गर्न सकिए थोरै लगानीमा भएका योजनाहरुमा समेत धेरै कामहरु गर्न सकिने बताउनुभयो ।


नदी नै नदीले घेरिएको अर्जुनधारा नगरपालिकामा बिषेशगरी नदी नियन्त्रण प्रमुख चुनौती छ । स्रोत अभावमा नदीबाट हुने क्षति नियन्त्रण हुन नसकेको दृष्टिगत गरी महिनामा एकदिन सबै नागरिकलाई श्रम अभियानमा सहभागि हुनुपर्ने नीति ल्याउने छलफल चलिरहेको उहाँले बताउनुभयो ।

उप–प्रमुख पराजुलीकै प्रस्तावमा यो बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका श्रमिकलाई बिरिङ नदी तटबन्ध गर्ने काममा सहभागी बनाइएको छ । जोखिमपुर्ण क्षेत्रमा तटबन्ध गर्ने योजना अनुसार अर्जुनधारा–१ मा उनीहरुले दीर्घकालिन महत्व राख्ने बाँध निर्माण गरेका हुन् ।

नगरले नेतृत्व गर्ने श्रम अभियानको नगरवासीले सकरात्मक प्रतिक्रिया जनाउँदै स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय