शिवसताक्षी नगरपालिकाको बजेट १ अर्व २१ करोड प्रस्ताव

Share :

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब, २१ करोड, ४० लाख ६६ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १२ औं नगरसभाबाट आन्तरिक श्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान र सामाजिक सुरक्षा भत्ता गरी उक्त रकम सार्वजनिक गरेको हो ।

जसमा आन्तरिक आम्दानी ६ करोड ५६ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त २ करोड, संघीय सरकारबाट ६९ करोड १७ लाख ५५ हजार बजेट सार्वजनिक गरेको छ। त्यस्तै प्रदेश सरकारबाट समानिकरण ११ करोड ४६ हजार, समपुरक अनुदान १३ करोड, शसर्त अनुदान ९४ लाख ७५ हजार, सवारी साधान बाँड फाँडबाट १३, करोड १९ लाख,४६ गरी ४६ करोड ७१ लाख १ हजार गरी जम्मा ८७ करोड ४० लाख ६६ हजार रकम र सामाजिक सुरक्षा भत्ता ३५ करोड रकम समावेश गरी १ अर्व २१ करोड ४० लाख ६६ हजार बराबरको रकम नगरसभाबाट सार्वजनिक गरिएको हो ।

नगरविकासका लागि कुल ८६ करोड ४० लाख ६६ हजार, शशर्त अनुदान ४१ करोड ३२ लाख, २५ हजार, प्रशासनिक खर्च १६ करोड, ५४ लाख, ९५ हजार र नगर योजना, विषयगत शाखा र वडागत योनजाका लागि २४ करोड, ५३ लाख, ४६ हजार बजेट छुट्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।


सिमित श्रोत साधान बीच बजेट निर्माण गरिएको नगरप्रमुख थोप्राले बताउनुभयो । नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर १ करोड ४० लाख बजेट छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य, पुर्वाधार विकास, कृषि, पशु सेवा लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको नगरप्रमुख थोप्राले जानकारी दिनुभयो ।

नगर सभामा नगरप्रमुख मेगाहाङ्ग थोप्राले आगामी आ।व।का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नगर उपप्रमुख नरमाया कार्कीले बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय