अर्जुनधाराको आगामी आ.व. को बजेट ७६ करोड ११ लाख

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतबार नगरपालिकाको सभाहलमा १३ औं नियमित अधिवेशनमा नगर उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले आगामी नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभएको थियो ।


नेपाल सरकारको सशर्त अनुदान कार्यक्रमबाट २८ करोड ३० लाख, समपूरक अनुदान ९० लाख, बिशेष अनुदान १ करोड ४५ लाख र प्रदेश सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम २ करोड ४८ लाख ७५ हजार, समपूरक अनुदान १ करोड ३० लाख रुपैयाँ रहेको उप-प्रमुख खड्गाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

त्यसैगरी समपूरक कोष ३ करोड, साँझेदारी कोष १ करोड ८० लाख, प्रस्तावनामा आधारित कार्यक्रम ४० लाख, जहाँ अभर त्यहाँ नगर कार्यक्रम सञ्चालन ५० लाख, बिपद ब्यवस्थापन कोष ६० लाख, संघ÷संस्था प्रर्वद्धन कार्यक्रम ४० लाख, भुमि ब्यवस्थापन सम्बन्धि कार्यक्रमहरु ४५ लाख, नगर गौरबको आयोजनाहरु १ करोड १३ लाख, पूर्वाधार बिकास सम्बन्धि कार्यक्रमहरु २ करोड ५५ लाख, सामाजिक बिकास सम्बन्धि कार्यक्राहरु ४ करोड ५५ लाख, आर्थिक बिकास सम्बन्धि कार्यक्रमहरु १ करोड ८७ लाख, वातावरण तथा बिपद ब्यवस्थापन सम्बन्धि कार्यक्रमहरु ७५ लाख, सुशासन तथा संस्थागत विकास सम्बन्धि कार्यक्रमहरु ७८ लाख, वडास्तरीय योजनाहरु ९ करोड ९० लाख, प्रशासनिक खर्च १३ करोड ५ हजार गरी जम्मा ७६ करोड ११ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

आर्थिक बर्ष २०७९/०८० को ९७ करोड ८६ लाख ७६ हजार बराबरको संम्सोधनसहित बजेट स्वीकृत भएकोमा ब्ययतर्फ २०८० जेठ मसान्तसम्म पुँजीगततर्फ ६३.८४ प्रतिशत र चालुतर्फ ६७.५१ प्रतिशत र बित्तियतर्फ सतप्रतिशत खर्च भइसकेको उपप्रमुख पराजुलीले बताउनुभयो ।

नगरप्रुमख बलदेबसिंह गोम्देन तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा नगरको प्रमुख प्रकाशकीय अधिकृत गिताकुमारी राई सहित ११ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको उपस्थिति थियो ।

नगरसभाको अर्को बैठक असार १३ गते दिउँसो २ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय