बिर्तामोडको बजेट १ अर्ब ४० करोड ९५ लाख

Share :

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको ल्याएको छ । नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो नगर अधिवेशन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गरेका छन् । उक्त बजेटमध्ये आय तर्फ संघीय समानिकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानिकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

यसै गरि नगरपालिकाको आन्तरिक आय र मालपोत रजिष्ट्रेशन शुल्क समेतबाट गरी जम्मा ३२ करोड, संघीय सशर्त अनुदान चालु तर्फ २९ करोड ६ लाख तथा पुँजीगत तर्फ ३६ करोड ७६ लाख, संघीय बिशेष अनुदान २ करोड र समपूरक अनुदान ६५ लाख तथा प्रदेश सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार रुपैयाँ बजेटप्राप्त हुने नगर उपप्रमुख संग्रौलाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/०८० को लागि कुल१ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९०रुपैयाँ ९सामाजिक सुरक्षाको बजेट समेतको बजेट ल्याएको थियो । बजेट संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त बजेट, समपूरक अनुदान र विशेष अनुदानका योजना तथा कार्यक्रमहरु र सशर्तमा तोकिएका योजना तथा कार्यक्रममा खर्च हुने जनाइएको छ ।
नगरपालिकाले कृषि क्षेत्रमा १ करोड, पशुपन्क्षी तथा मत्स्यविकासमा ७५ लाख , शिक्षा क्षेत्रमा २ करोड ५० लाख, स्वास्थ्य क्षेत्र नगर अस्पताल तथा विपन्न नागरिकहरुको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन समेतमा ३ करोड २० लाख, मर्मत संभार कोष र सडक सुधारमा २ करोड, महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिक, दलित, मधेशी, जनजाति, अदिवासी समेतलाई लक्षित कार्यक्रममा १ करोड, लघुउद्यम विकास, सहकारी युवा तथा खेलकुद कार्यक्रममा ७० लाख, फोहोरमैला व्यवस्थापन तथा विपद् व्यवस्थापनमा २ करोड ५० लाख, देबीहाट बुधाबारे बजारमा बहुतले व्यवसायिक भवन निर्माण, नगरको प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा साझेदारी गर्न समपूरक कोषमा ५ करोड ५० लाख, लोक कल्याणकारी सूचना सन्देश विज्ञापन र सचेतनामुलक कार्यक्रमहरुमा ५० लाख, नगरस्तरीय नगरगौरव योजना, वडास्तरीय योजना तथा बहुवर्षे क्रमागत योजना समेतमा २२ करोड रुपैयाँ बिनियोजन गरेको छ ।


नगरपालिकाले व्यवसायीहरुलाई व्यवसाय करको दायरा भित्र ल्याउन एकपटकको लागि आन्तरिक राजश्व कार्यालयमा दर्ता भई बिर्तामोड नगरपालिकामा व्यवसाय दर्ता नभएका र दर्ता भई नवीकरण हुन बाँकी रहेका उद्योग-फर्म-कम्पनीलाई ३ वर्ष वा सो भन्दा माथिको वक्यौता कर तिर्नुपर्ने रहेछ भने ३ वर्ष सम्मको हकमा १ वर्षको कर र ३ वर्ष माथिको बक्यौता हुनेको हकमा २ वर्षको कर लिई आ.ब. २०८०-८१ को श्रावण देखि कार्तिक महिना सम्मका लागि एकपटक दर्ताका लागि समय उपलब्ध गराउने जनाएको छ । उक्त अवधिमा समेत दर्तामा नआउने फर्म-कम्पनीलाई बुझाउनु पर्ने सम्पूर्ण करको अतिरिक्त शतप्रतिशत जरिवाना गरि असुलउपर गरिनेनगरपालिकाले बजेटमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय