अर्जुनधारा ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तार

Share :

विर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्जुनधारा ६ मा संगठन बिस्तार गरेको छ । आज शनिबार आयोजित वडा भेलाकाबिच पार्टीले वडा समिति तथा र्यापिट एक्सन टिम गठन गरेको हो । उक्त भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा ६ नम्बर वडाको सभापतिमा वविन न्यौपानेलाई चयन गरेको छ ।

सोमनाथ बजगाई संयोजक रहेको निर्वाचन मण्डलले वडा समितिका पदाधिकारी तथा सदस्यहरु चयन गरेको थियो । वडा समिति उपसभापतिमा सरस्वती खत्री, सचिवमा यमन कुमार दनुवार, सहसचिवमा रविन खरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गणेश शंकर, होमादेवि लुईटेल, मुनादेवि दाहाल, सुनिता वि.क., केदार राजवंशी, सुनिल राजवंशी र मिलन संजेल चयन भएका छन् ।

भेलाबाट भिमलाल अधिकारीको नेतृत्वमा ७ सदसीय र्यापिट एक्सन टिम समेत गठन भएको छ । टिमको सदस्यहरुमा पंकज लुईटेल, दिलबहादुर अधिकारी, सितादेवि पोखरेल, प्रेमप्रसाद लम्साल, टिकाराम नेपाल र खगेन्द्र कुमार नेम्वाङ चयन हुनुभएको छ ।


सांसद बिराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको पर्टीको वडा भेलामा जिल्ला संयोजक उमेश खरेल, विर्तामोड नगर सभिापति शम्भु भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
4
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय