अनेरास्ववियु झापाको नयाँ नेतृत्वद्वारा सपथग्रहण

Share :

बिर्तामोड । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले सपथग्रहण गरेको छ । आज नेकपा एमालेको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित कार्यक्रममा अध्यक्ष बलराम गिरी नेतृत्वको नयाँ कमिटीले सपथ ग्रहण गरेको हो ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका सहइञ्चार्ज कमल पौडेलले गिरी नेतृत्वको अनेरास्ववियुलाई सपथग्रहण गराएका हुन् । सपथग्रहण गराउदै पौडेलले विद्यार्थी आन्दोलनलाई रचनात्मक र लोभलाग्दो बनाउन सूझाव समेत दिएका छन् ।

सपथग्रहण कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेश सचिव एवम् प्रदेशसभा सदस्य चिन्तन पाठकले अनेरास्ववियु नेपाली राजनीतिको महत्वपूर्ण संगठन भएको बताए । उनले अनेरास्ववियु सबैखाले विकृति र विसंगति विरुद्धको नेता संगठन भएको बताएका छन् । नयाँ नेतृत्वलाई शुभकामना दिदैं पाठकले आम युवा विधार्थीहरुलाई संगठित गर्दै राष्ट्रिय शक्ति नेकपा एमाले विरुद्ध घेरावन्दी भइरहेकोले त्यसका विरुद्ध खवरदारी आग्रह गरे ।


अध्यक्ष मण्डलका अध्यक्ष असारु राजवंशीको अध्यक्षतामा भएको सपथग्रहण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष दिपक कार्की, प्रदेश कमिटी सदस्य तुलसी मनौली लगायतले सम्बोधन गरेको अनेरास्ववियुका झापा इञ्चार्ज रोशन लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय