टस हारेर नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

Share :

जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

हरारेमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेसँगै ब्याटिङको निम्तो पाएको हो । विश्वकप छनोटको सुपर सिक्समा पुग्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ ।

आजको खेलमा नेदरल्यान्ड्स पराजित भएमा अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि नेदल्यान्ड्स पराजित भएमा मात्रै नेपाल विश्वकप छनोटको सुपर सिक्समा पुग्नेछ ।


यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग आठ विकेटको हार ब्यहोरेको थियो । त्यसपछि आफ्नो दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल तेस्रो खेलमा भने वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय