भन्सार नतिर्ने भन्दै काँकरभिट्टा नाकामा प्रदर्शन

Share :

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय महिला व्यापारीहरुले सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् । सशस्त्र प्रहरीले भन्सार नगरी सानो परिमाणमा भारतबाट नेपालमा सामान ल्याउन नदिएको भन्दै महिलाहरुले प्रदर्शन गरेका हुन् ।

काँकरभिट्टा, धुलाबारी, चारअलाी, सुरुङ्गा तथा दमक उर्लाबारी लगायतका ठाँउहरुबाट महिलाहरु भारतको पानीट्याङ्कीबाट घरायसी सामानहरु, किराना तथा लत्ता कपडा लगायतका वस्तुहरु नेपालमा ल्याउने व्यवसायमा छन् ।

वर्षौँदेखि कम भन्सार तिरेर वा भन्सार नतिरी सानो परिमाणमा उक्त वस्तुहरु नेपाल ल्याउने गरिरहेका उनीहरुलाई सशस्त्र प्रहरीले भन्सार नतिरी र नेपालमा प्रतिवन्धित वस्तुहरु ल्याउन नदिएपछि तनावको अवस्था सृजना भएको थियो ।


काँकरभिट्टा बोडर आउटपोष्टबाट खटिएका शसस्त्र प्रहरीको दुइओटा लाठी समेत प्रदर्शनकारीले खोसिदिएका थिए । उनीहरुले सिटी सफारी र अन्य मानिसहरुको आवत जावतमा समेत अवरुद्ध पर्न खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय