विश्वकप छनोटमा वेष्ट इण्डिजसँग नेपाल फराकिलो अन्तरले पराजित

Share :

आईसीसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेष्ट इण्डिजसँग पराजित भएको छ । दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो । २८.१ ओभरमा १२९ रन बनाउँदा ६ विकेट गुमाएको नेपालको स्कोर आरिफ शेख र गुल्सन झाले केही उकासेका थिए । उनीहरुले सातौं विकेटका लागि ६८ रनको साझेदारी गरे । गुल्सन ४२ रन बनाएर आउट भए । आरिफ ६३ रन बनाउँदै आउट भए ।

ओपनर कुशल भुर्तेल ५ रनमा आउट भएपछि अर्का ओपनर ब्याटर आसिफ शेखले केही सम्हालिन खोजे । उनले २८ रन बनाए । कप्तान रोहित पौडेलले ३० रनमा आउट भए । तेस्रो क्रममा आएका भीम सार्की खराब सर्ट सेलेक्सनका कारण २ रन बनाउँदै फाइन लेगमा विकेट किपरको हातबाट क्याच आउट हुन पुगे । सातौं ब्याटर दिपेन्द्र सिंह ऐरी क्रिजमा आक्रमक देखिए । उनी २३ रनमा आउट भए ।


त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले । बिहानी विकेट कन्डिसनमा ब्याटिङका लागि संघर्षरत वेष्ट इण्डियन ब्याटरहरुले मध्य ओभरमा शानदार प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय