प्रेस चौतारी नेपाल झापाद्वारा ३ पत्रकार पुरस्कृत

Share :

काँकरभिट्टा । प्रेस चौतारी नेपाल झापाले वार्षिण साधारसभाको अवसरमा तीन जना सक्रिय झापाली पत्रकारलाई सम्मान एवम् पुरस्कृत गरेको छ ।

काँकरभिट्टा सम्पन्न वार्षिण साधारसभाको उद्घाटन सत्रमा हमशिखर टेलिभिजनका समाचार प्रमुख पत्रकार सुदिप अधिकारी र अनलाइन पत्रिका खवरखेती डटकमका प्रधान सम्पादक तिलक योञ्जनलाई सक्रिय पत्रकारिता पुरस्कारबाट पुस्कृत गरिएको हो । त्यस्तै रेडियो भिजनकी समाचार वाचिका अस्मिता साखीलाई राइजिङ स्टार पत्रकारिता पुरस्कारबाट पुस्कृत गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पुरस्कृत पत्रकारलाई सम्मान पत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृतहरुलाई प्रेस काउन्सिलका सदस्य गणेश पोखरेलले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुइटेल, कोशी प्रदेश अध्यक्ष अविजाल विष्ट लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मानित एवम् पुरस्कृत व्यक्तिहरुको तर्फबाट तिलक योञ्जनले मन्तव्य राख्नुभएको थियो ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षमा सम्पन्न कार्यक्रममा उपाध्यक्षले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय