द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार पोखरेललाई

Share :

झापा । द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिएको छ ।

द्रोणाचार्यको ३०औं स्मृति दिवसको अवसरमा असार ६ गते (आज) पोखरेललाई पुरस्कृत गरिएको हो ।

झापाबाट प्रसारित रेडीयो भिजनमा आवद्ध पोखरेल नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, प्रेस काउन्सिल नेपालको बर्तमान सदस्य हुनुहुन्छ ।


प्रेस चौतारी झापाले १७ वर्ष अगाडि स्थापना गरेको सो पुरस्कार आज पाँचौं पटक वितरण गरिएको हो । पुरस्कारको राशि ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

यसअघि सो पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव बिद्रोही र रघु मैनाली पुरस्कृत भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय