नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरो प्रभावितको घाइते र शवको उद्धार

Share :

बिर्तामोड । झापाको चारआलीस्थित अरिदमन गणले ताप्लेजुङको पहिरोमा परेर निधन भएका तथा घाइतेको उद्धार गरेको छ ।

गणले सिदिङवा ६ मुकुभञ्ज्याङस्थित पहिरोमा परेर निधन भएका केशरकुमार राई र घाइते सुरेश राईलाई गम्भीर अवस्थामा उद्धार गरेको थियो । उपचारको क्रममा सुरेशको पनि निधन भएको थियो ।

उनीहरुको शवलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी आज आफन्तलाई बुझाइएको हो ।


त्यस्तै, सो पहिरोमा भएका घाइते तारादेवी राई र गुमानसिंह राईलाई समेत उद्धार गरी सोही हेलिकोप्टरमार्फत आफन्तलाई जिम्मा लगाइएको थियो ।

उद्धार कार्यमा पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति उपरथी डा. आशबहादुर तामाङ, नम्बर २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाको निर्देशन तथा समन्वय रहेको थियो ।

उनीहरुको हिजो नै उद्धारको कोसिस गरिए पनि मौसमको खराबका कारण आज उद्धार गरिएको अरिदमन गण चारआली ब्यारेक झापाका गणपति प्रमुखसेनानी इमेशमेहर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय