गणेश पोखरेललाई द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार पत्रकार

Share :

झापा । द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार यसपटक प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेललाई प्रदान गरिने भएको छ । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।

उक्त पुरस्कारबाट पूर्व पुरस्कृत माधव बिद्रोहीको संयोजकत्वमा गठित छनोट समितिले सो निर्णय गरेको प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जनाएका छन् । प्रेस चौतारी झापाले १७ वर्ष अगाडि स्थापना गरेको सो पुरस्कार आज पाँचौं पटक वितरण गर्दैछ ।

यसअघि सो पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव बिद्रोही र रघु मैनाली पुरस्कृत भइसकेका छन् । उक्त पुरस्कार आज असार ६ गते द्रोणाचार्यको ३०औं स्मृति दिवसमा वितरण गरिने कार्यक्रम छ ।


पुरस्कारको राशि ५१ हजार रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानका सदस्य तथा छनोट समितिका सदस्य सन्तोष आचार्यले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय