मेचीनगरमा महिला सीप विकाश तालिम सम्पन्न

Share :

मेचीनगर । झापाको मेचीनगर-८ मा सञ्चालन भएको सात दिवशिय महिला सीप विकाश तालिम मंगलवार समापन भएको छ । मेचीनगर वडानम्वर-८ को आर्थिक सहयोगमा शुभ विवाहमा प्रयोग हुने बरमला, जडीमाला, साइपाटा, ठेकी, किस्ति बनाउने तालिम समापन भएको हो । तालिममा वडाभरिका ४० जना प्रशिक्षार्थी सहभागी थिए । उनीहरूलाई प्रशिक्षक नरमाया गुरूङ, अस्मिता खनाल, इस्मिता धिमाल र प्रिया गुरूङले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

समापनका अवसरमा प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्राुख मीना पोखरेल उप्रेतीले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई अनुरोध गर्नुभयो । सीप भए आत्मनिर्भर हुन सकिने उहाँको भनाई थियो । हातको सीप सवैभन्दा ठुलो सम्पति हुने भएकाले यो कहिले नाश नहुने हुँदा सीप सिक्न जरूरी रहेको उहाँको भनाई थियो । स्थानीयस्तरमा उत्पादन भएका सामाग्रीको बजारको उचित व्यवस्थापनमा स्थानीय सरकार लाग्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


यस्ता सीपमुलक कार्यक्रममा नगरपालिका र वडाले समेत बजेट विनियोजन गरेर वडामा दक्ष जनशक्ति उत्पादन गरेर रोजगारको अवसर प्रदान गर्ने उहाँले स्पष्ट पार्नुभयो । यसैकालागि मेचीनगर-८ मा महिला सीप विकाश केन्द्र सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो । वडाध्यक्ष गिरीराज धमलाको सभापतित्वमा भएको समापन कार्यक्रममा वडा सदस्य मनकुमारी गिरीले स्वागत तथा वडाध्यक्ष कविता मिजार, सहभागीकातर्फबाट प्रेमकला कार्कीले बोल्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन वडा सदस्य तथा न्यायिक समिति सदस्य कुन्दन निरौलाले गर्नुभएको थियो । प्रमुख अतिथि उपप्रमुख उप्रेती, वडाध्यक्ष गिरीराज धमला, वडासदस्यहरू मनकुमारी गिरी र कविता मिजारले सहभागिताको प्रमाण-पत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय