विश्वकप छनोटमा नेपालसंग अमेरिका ६ विकेटले पराजित

Share :

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले पहिलो जित निकालेको छ।

छनोटअन्तर्गतको आज (मंगलबार) भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो। जितका लागि अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

नेपालको जितमा भीम सार्कीले अविजित रहँदै ७७ रनको योगदान गरे। दिपेन्द्रसिं ऐरीले अविजित ३९ र कुशल भूर्तेलले ३९ रनको योगदान गरे।


त्यसअघि जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिका ४९ ओभरमा अलआउट हुँदै २०७ रनमा समेटिएपछि नेपालले जितका लागि २०८ रनको लक्ष्य पाएको हो।

अमेरिकाका लागि शायन जहाँगीरले अविजित रहँदै सर्वाधिक एक सय रनको योगदान गरे। सुशान्त मोदनीले ४२ तथा गजानन्द सिंहले २६ रनको योगदान गरे।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ करण केसीले सर्वाधिक ४ विकेट लिए। गुल्सन झाले ३ तथा दिपेन्द्रसिं ऐरीले २ विकेट लिँदा दलित राजबंशीले १ विकेट खसाले।

तर पूरा १० ओभर बलिङ गरेका सन्दीप लामिछाने महँगा सावित हुँदै ५८ रन दिए पनि कुनै विकेट लिन सकेनन्। जिम्बावेसँगको खेलमा पनि उनी विकेट लिन असफल भएका थिए र महँगा सावित भएका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय