नेपालभर रोकियो ‘आदिपुरुष’को प्रदर्शन

Share :

काठमाडौं । सोमबारबाट दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को काठमाडौं क्षेत्र भित्रमात्र नभई देशव्यापी रूपमै प्रदर्शनी रोकिने भएको छ ।

देशव्यापी रूपमा फिल्मको प्रदर्शन रोकिने निर्णय भएको चलचित्रका वितरक उज्ज्वल पौडेलले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौं भर फिल्म रोक्न निर्देशन दिनुभएपछि आज धरान र पोखरामा पनि चलचित्र निषेध गरिएको थियो ।


चलचित्रको ‘जानकी भारतीय छोरी हुन’ भन्ने विवादित संवाद अल्टिमेटल दिइएको ३ दिनसम्म पनि नहटाएपछि काठमाडौंका प्रमुख शाहले महानगरभित्र कुनै पनि हिन्दी चलचित्र नचलाउन निर्देशन दिनुभएको थियो ।

उहाँको निर्देशनपछि काठमाडौं महानगरका १७ वटै हल बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय