पोखरा महानगरमा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक

Share :

कास्की । पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।

दक्षिण भारतीय चलचित्र आदिपुरुषमा राखिएको ‘सीता भारतीय चेली हुन्’ भन्ने वाक्यांशप्रति आपत्ति जनाउँदै काठमाडौंपछि पोखरा महानगरले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।

महानगरभित्र रहेका सिनेमा हलहरूलाई पत्राचार गर्दै पोखराका मेयर धनराज आचार्यले आदिपुरुषमा राखिएको संवाद नसच्याइएसम्म कुनै पनि भारतीय चलचित्र नचलाउन निर्देशन दिनुभएको छ ।


काठमाडौं महानगरपालिकाका हलहरूमा पनि आजदेखि भारतीय सिनेमा नचलाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय