बिर्तामोड नगरअस्पतालमा बालरोग विशेषज्ञ सेवा थप

Share :

बिर्तामोड । झापाको बिर्तामोड नगरअस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रवार देखि बालरोग विशेषज्ञ सेवा सुरु गरिएको हो ।

शनिबार बाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म यो सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँले बाल रोग सम्बन्धीका रोगहरु अब विशेषज्ञ डाक्टर रविन रेग्मीले जाँच गर्ने बताउनु भयो ।


नगर अस्पतालमा २४सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवासमेत सुरु हुने भएको छ । असार ३ गते आइतबार भोली देखि डेलिभरी सेवा सुरु गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिनु भयो । उहाँले केहि समयपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा पनि सुरु गर्ने बताउनु भयो ।


नगर अस्पतालमा सेवा थपिने क्रम बढ्दो छ । आवश्यक पूर्वाधार र सेवा विस्तार हुँदै गएपछि अस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिइरहेका छन् । अस्पतालमा डाइलोसिस सेवा र २४ सै घण्टा इमरजेन्सी सेवाको तयारी समेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।

अस्पतालमा हाल दैनिक एमडीजिपी (मेसु) डा. अधिकारी र बालरोग विशेषज्ञ डाक्टर रेग्मी गरि २ जना विशेषज्ञ, ३ जना मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट, एसबिए तालिम प्राप्त नर्स सहित ३६ जनाले सेवा दिइरहेका छन् ।

अस्पतालमा सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप लगायतका सेवाहरु पनि उपलब्ध छन् । निकट भविश्यमा नै रेबिजको भ्याक्सिन र थाइराइट टेस्टसमेत हुने जनाइएको छ ।

नगर अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अर्को भवनसमेत निर्माणधिन अवस्थामा छ । अस्पताल सुविधा सम्पन्न भएपछि सर्वसाधारणले निजि अस्पतालहरुमा महंगो मुल्यमा चेक जाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्ने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय