अर्जुनधारा ३ का आइतबहादुर लिङदेनसहित ६ जना पशुपालक कृषक पुरस्कृत

Share :

झापा । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा व्यावसायिक पशुपालन गरिरहेका उत्कृष्ट किसानलाई नगद सहित पुरस्कृत गरेको छ ।

नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले आज बिहीबार बंगुरपालन गरिरहनुभएका व्यवसायी अर्जुनधारा ३ का आइतबहादुर लिङदेनसहित उत्कृष्ट ६ जना किसान तथा व्यवसायीलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । लिङदेनले नगद १२ हजार पुरस्कार पाउनुभएको थियो ।

लामो समयदेखि पशुपालन क्षेत्रमा लागेर आफ्नो आर्थिकस्तर बृद्धि गर्दै उदाहरणीय किसान बनेका विभिन्न व्यवसायका ६ जना र एउटा कृषक समूहलाई पुरस्कृत गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राईले जानकारी दिनुभयो ।


त्यस्तै पुरस्कृत हुनेहरुमा गाईपालनतर्फ पहिलो बन्नुभएका अर्जुनधारा ६ मा रहेको कन्काई कृषि फर्मका सञ्चालक सुबोध गौतम, दोस्रो बन्नुभएका अर्जुनधारा ९ मा रहेको कृष्ण गाईपालन फर्मका सञ्चालक चन्द्रप्रसाद अधिकारी लाई पुरस्कृत गरिएको थियो । उहाँहरुलाई क्रमश जनही नगद १२ हजार र १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी, बाख्रापालनतर्फ अर्जुनधारा ९ मा रहेको आरके कृषि फर्मका सञ्चालक कमल कडरियाले नगद १२ हजार पुरस्कार पाउनुभयो । यस्तै, दोस्रो भएको जुकेखाडी कृषि फर्म अर्जुनधारा ३ की सञ्चालक मनकला राईले नगद १० हजार पुरस्कार पाउनुभयो ।

यसैगरी, माछापालनतर्फ अर्जुनधारा ४ का विकास खड्काले उत्कृष्ट घोषित हुँदै नगद १२ हजार पुरस्कार पाउनुभयो ।

यस्तै, समूहतर्फ अर्जुनधारा २ मा रहेको खुदुनाबारी कृषक समूहले उत्कृष्ट समूह बन्दै नगद १२ हजार पाएको छ । नगद समूहका उपाध्यक्ष तुलसी ढकाललाई प्रदान गरियो ।

यसैगरी, दुग्ध क्षेत्रबाटै व्यावसायिकरुपमा अघि बढ्नका लागि प्रेरक व्यक्तित्वका दरिएका समूहका संस्थापक तिलकबहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो ।

सूचीकृत भएका फर्म, समूहको अनुगमनपछि पुरस्कृत गरिएको नगर उपप्रमुख खड्गमाया पराजुलीले बताउनुभयो । उहाँले वर्षभरिको मूल्यांकनको आधारमा यसवर्ष पुरस्कार तथा सम्मानको कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय