खर्च कटौतीका ३२ वटा प्रस्ताव पेश

Share :

काठमाडौं । प्रतिनिधिसभामा बिहीबारदेखि ‘विनियोजन विधेयक २०८०’ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल सुरु हुने भएको छ।

बिहान ११ बजे सुरु हुने बैठकमा विभिन्न ४ मन्त्रालयको बजेटमाथि दलीय आधारमा सांसदहरुले आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ।

वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद र शहरी विकास मन्त्रालयको बजेटमाथि छलफल सुरु हुने भएको हो।


छलफल भइसकेपछि सांसदहरुले ल्याएका खर्च कटौतीको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि दिइएको ४८ घण्टाको समयावधिभित्र ३२ वटा खर्च कटौतीको प्रस्ताव पेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय