काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत पाउनुभएको छ ।
मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन् ।
यादवलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सबै दलले विश्वासको मत दिएका हुन् ।
गत जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले सर्मथन फिर्ता लिएको थियो ।
यादवले दोस्रो पटक विश्वासका मत लिनुभएको छ ।