आजदेखि दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप

Share :

काठमाडौं । दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। नेपाल बुद्धिचाल महासंघको आयोजनामा हुन लागेको यो अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।

ललितपुरको गोदाबारीमा सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश र पाकिस्तानका १० महिला र समान १० पुरुष खेलाडीले प्रतियोगिता खेल्नेछन्।

नेपालबाट फिडेमास्टर रुपेश जयसवाल र रनरअप सुरवीर लामाले पुरुषतर्फ र महिलातर्फ फिडेमास्टर सुजना लोहनी र सुशीला गुरुङले सहभागिता जनाउनेछन्।


प्रत्येक देशबाट पुरुष र महिला विधामा एक(एक जना डिफेन्डिङ च्याम्पियन सहभागी हुने प्रतियोगितामा आयोजक नेपालबाट भने थप एक(एक जना खेल्न लागेका हुन् । खुला महिला तथा परुष गरी दुई स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा पुरुषतर्फ भारतीय इन्टरनेसल मास्टर नवइर शाह सेख र महिलातर्फ बंगालादेशी इन्टरनेसल मास्टर सुल्तान सिरिनको समेत सहभागिता रहने छ।

पुरुषतर्फको विजेताले १ लाख ५० हजार र महिलातर्फको विजेताले १ लाख नगद पाउनेछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय