प्यूठान कार दुर्घटना : मृतक ७ जनाको पहिचान खुल्यो

Share :

प्यूठान । प्यूठानमा स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कदै गरेको कार दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको पहिचान खुलेको छ । दुर्घटनामा परि मृत्यु भएका ८ जना मध्य ७ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापाका अनुसार दुर्घटनामा दाङको तुलसीपुर– १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल, उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल । त्यस्तै, दाङको लमही नगरपालिका– ७ गडुवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँका छोरा ९ वर्षका आदित शाहको मृत्यु भएको हो ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ । कार अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।


स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका– ४ उपल्लो भिंग्रीमा लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय