भारतमा भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु

Share :

कञ्चनपुर । कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै पर्ने खटियास्थित चरकपुरमा भएको सडक दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ ।

शनिबार उल्टाखाममा पूजापाठ सकेर भारतको उत्तराखण्ड खटिमास्थित मुडेलीतर्फ फर्किने क्रममा विपरित दिशाबाट गुडिरहेको कारले ठक्कर दिँदा एकै परिवारका चार जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


एकै परिवारका चार जना वनबासा हुँदै दुईवटा स्कूटरमा खटियातर्फ गइरहेका बेला दुर्घना भएको हो । दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम घर भएका नेमबहादुर चन्द, उनकी श्रीमती सरस्वती, बुहारी नर्मदा र भाइ बुहारी कल्पना चन्दको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय