राजनीतिक खेलका कारण खेल क्षेत्र ओझेलमा परेको सभामुखको भनाई

Share :

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण साँच्चै खेलहरू ओझेलमा परेको बताउनुभएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता २०८० उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘हिजोको प्रतिकूल परिस्थितिमा भूमिगत भएर पनि खेल क्षेत्रलाई खेलाडीहरूले उचाइमा पुर्याउनुभयो । तर राजनीतिक खिचातानीका कारण साँच्चैका खेल र खेलमा सहभागीहरूको उचित मूल्यांकन राज्यले गर्न सकेको छैन ।’ आफूहरू प्रतिवन्धित रहेको अवस्थादेखि अहिलेसम्म खेलाडीहरूले राजनीतिकर्मीहरूलाई ‘गाइड’ गरिरहेका सभामुख घिमिरेको भनाइ थियो ।


जननेता मदन भण्डारीको हत्या भएको पनि तीस बर्ष बितिसकेको अवस्थामा उहाँको हत्यापछि जन्मेका युवावर्गलाई मदन भण्डारीबारे चिनाउने अवस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको उहाँले बताउनुभयो ।

घिमिरेले भन्नुभयो, ‘मदन भण्डारीलाई चिनाउने काम मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको कामप्रति हामी गौरवान्वित भएका छौं ।’

विशेषगरि कराते खेलको उन्नतिका बारेमा प्रतिनिधि सभाबाट के(कस्ता कानुन वा नियम बनाउनुपर्छ भन्नेबारे कराते खेलका प्रशिक्षकसंग समन्वय गरेर कानुन वा नियम बनाउने काममा आफू लाग्ने उहाँले बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘म आफ्नो तर्फबाट खेल क्षेत्रको उन्नयनका लागि भूमिका निर्वाह गर्नेछु ।’ झापाको बिर्तामोडमा आयोजना भइरहेको मदन भण्डारी प्रथम राष्ट्रिय कराते प्रतियोगिता २०८० आइतबार सम्पन्न हुनेछ । प्रतियोगिताका लागि सातवटै प्रदेशबाट खेलाडी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय